
गण्डकी विकास बैंक नेपालगञ्ज शाखाको औपचारिक उद्घाटन गरिएको छ । आइतबार बैंकका अध्यक्ष जगन बहादुर गुरुङ्गले एक समारोहका विच उक्त शाखाको उद्घाटन गरे । बैंकले उक्त शाखाबाट निक्षेप संकलन, सहज र सरल रुपमा कर्जा प्रवाहको साथै आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोे छ ।
सो अवसरमा अध्यक्ष जगन बहादुर गुरुङ्गले गण्डकी विकास बैंक एक सवल र सक्षम विकास बैंक भएको र सदैव उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताए । बैंकले आगामी दिनहरुमा पनि सम्भाव्य ठाउँहरुमा थप शाखा विस्तार गर्दै लैजाने उनले बताए ।
कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले यही जेष्ठ २५ गते सम्पन्न हुने वार्षिक साधाराणसभाले पारित गरेपश्चात चुक्ता पुँजीमा सबैभन्दा ठूलो विकास बैंक हुने बताए । कार्यक्रमा उनले समग्र बैंकको वित्तीय सुचाकाङ्क, बैंकले प्रदान गर्ने सेवा÷सुविधा, बंैकका गतिविधि र भावी कार्यक्रमबारे समेत जानकारी गराए ।
कार्यक्रममा नेपालगञ्ज उद्योग वाण्ज्यि संघका अध्यक्ष नन्दलाल वैश्य, नेपाल राष्ट्र बैंकका उपनिर्देशक कमल प्रकाश कालाथोकीले शुभकामना मन्तव्य दिए । स्वागत मन्तव्य राख्दै बैंकका संचालक बासुदेव त्रिपाठीले वैकका विविध पक्षको बारेमा प्रकाश पारे ।
बैंकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ५९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै एबिबिएस, एटिएम, एसएमएस, सीआस्वा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, केन्द्रीय कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा समेत प्रदान गर्दै आइरहेको छ । साथमा न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्ध व्यक्तिहरुका लागि लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको छ ।
बैंकको देशभरी नै शाखा सञ्जाल विस्तार गर्ने क्रममा हाल बैंकका विभिन्न ठाउँमा १८ वटा शाखाहरु निर्माणधिन अवस्थामा रहेका छन् । बैंकले यि शाखाहरु यसै आर्थिक वर्ष भित्र संचालनमा ल्याउने लक्ष्य लिएको छ । यस पश्चात बैंकका कुल ७७ वटा शाखा र देशका सातै प्रदेशवाट वैकिग सेवा प्रदान हुने प्रमुख कार्यकारी अधिकृत रेशम वहादुर थापाले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्