×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंक र इन्द्रप्रस्थ अपोलो अन्तराष्ट्रिय अस्पतालबीच सम्झौता

PRIME CA
GLOBAL IME BANK

ग्लोबल आइएमई बैंक र इन्द्रप्रस्थ अपोलो अन्तराष्ट्रिय अस्पतालबीच सम्झौता

१४ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

ग्लोबल आइएमई बैंक लि. र भारत स्थित इन्द्रप्रस्थ अपोलो अन्तराष्ट्रिय अस्पताल बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई भारतमा गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो । 
उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकको भारतस्थित सम्र्पक कार्यालयका प्रमुख ज्वाला शर्मा र इन्द्रप्रस्थ अपोलो अन्तराष्ट्रिय अस्पतालको तर्फबाट कार्यकारी निर्देशक श्री अशोक बाजपाईले हस्ताक्षर गनुभयो । 
अधिकांश नेपालीहरु उपचारका लागि भारतका विभिन्न अस्पतालहरुमा जाने हुदाँ बैंकले उक्त कुरालाई ध्यानमा राखेर भारत स्थित इन्द्रप्रस्थ अपोलो अन्तराष्ट्रिय अस्पताल संग सम्झौता गरेको हो । सम्झौता पश्चात अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिटरक्रेडिट कार्ड लिएका बैैंकका ग्राहक एवं कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ५ देखि १० प्रतिशत सम्म छुट पाउने छन् । 
यसका साथै बैंकको क्रोन ल्याबरेटोरी तथा रेफरल सेन्टर (के. ल्याब.) सँग पनि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख श्री गणेश अवस्थी र के. ल्याब.का प्रशासकीय निर्देशक श्री कान्ति थापा बीच हस्ताक्षर भएको हो ।
के. ल्याब.ले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा बैंकबाट डेबिट र क्रेडिट कार्ड लिएका बैैंकका ग्राहक तथा कर्मचारीले २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२९ शाखा, १३१ एटिएम, ४ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर, ८५ शाखा रहित बैंकिङ्ग सेवा र ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
भविष्यमा पनि ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई लाभान्वित गराउन तथा अन्य अतिरिक्त सुविधा दिने उद्देश्यले विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याउन प्रयासरत छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: