Skip to content
LAXMI SUNRISE BANK

धार्मिक स्थल जनकपुरमा पुग्यो मुक्तिनाथ विकास बैंक, नरेश शाक्यले गरे उद्घाटन

अर्थ सरोकार

मुक्तिनाथ विकास बैंक लि.ले जनकपुर उप–महानगरपालिका वडा नं. २, भानुचोकमा आफ्नो ७७ औं शाखा विस्तार गरेको छ । मिति २०७५ बैशाख २४ गते सोमबार नेपाल राष्ट्र बैंक जनकपुरका प्रमुख नरेश शाक्यले उक्त शाखा कार्यालयको समुद्घाटन गरे ।
शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि शाक्यले मुक्तिनाथ विकास बैंकले जनकपुर क्षेत्रमा रहेका ग्रामीण तथा शहरी भेगका जनताहरुमा समावेशी वित्तीय पहुँच पुर्याउँदै ग्राहक मैत्री सेवा सुविधा प्रदान गर्नेमा विश्वस्त रहेको बताए ।
कार्यक्रममा विशेष अतिथिको रुपमा रहनु भएका प्रदेश नं. २ का प्रदेश सभा सदस्य राम आशिष यादवले उत्पादनशील क्षेत्रमा वित्तीय सेवा विस्तार गर्न सुझाव दिंदै यसको समावेशी वित्तीय मोडल नेपालकै नमूनाको रुपमा रहेकोे बताए ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बैंकका मानव संसाधन विभाग प्रमुख शर्मिला लम्सालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
कार्यक्रमका सभापति एवं बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका छन् । सो क्रममा उनले मुक्तिनाथ विकास बैंक आफ्ना समकक्षी विकास बैंकहरुमध्ये प्रगतिका प्रमुख १० वटा सूचकहरुमध्ये ६ वटा सूचकहरुमा सबै भन्दा अब्बल रहेको जानकारी गराए । यस विकास बैंकले लिएको समावेशी वित्तीय पहूँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने उनले बताए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK