Skip to content
LAXMI SUNRISE BANK

ज्योति विकास बैंकद्धारा बैदेशिक मुद्रा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

अर्थ सरोकार

ज्योति विकास बैंक लिमिटेड ठमेल शाखाको आयोजना तथा मनि चेन्जर एसोसियसनको सहकार्यमा बैदेशिक मुद्रा सम्बन्धि अन्तरक्रिया कार्यक्रम २०७५ सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्म राज ढुङ्गानको प्रमुख आतिथ्यता एवम् काठमाडौंमा रहेका मनि चेन्जर व्यवसायका प्रतिनिधिहरु समेतको उपस्थितिमा शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा नेपाल राष्ट्र बैंकका निर्देशक राम प्रसाद गौतम र साहायक निर्देशक माधव पोखरेलद्वारा विदेशी मुद्रा कारोबार तथा जोखिम सम्बन्धमा जानकारी गराइयो । विदेशी विनिमय प्रमुख भिष्म राज ढुङ्गानाले विनिमय सम्बन्धि ऐन नियम तथा राष्ट्र बैंकको निर्देशनबारे बताए । मनिचेन्जर एसोसिएसनका पदाधिकारी तथा सहभागीले राखेको जिज्ञासाबारे पनि उनले प्रष्ट पारे ।
सो अवसरमा ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले ज्योति विकास बैंक विदेशी मुद्रा कारोवार तथा पर्यटन क्षेत्रलाई प्रर्वधन गर्न ठमेलमा शाखा विस्तार गरिएको बताए । उनले प्रतिस्पर्धी विनिमय दर तथा गुणस्तरीय सेवाका लागि ज्योति विकास बैंकमा कारोवार गर्न आग्रह सकेत गरे । कार्यक्रममा मनि चेन्जर एसोसिएसनका अध्यक्ष केशव बस्नेतले व्यवसायीहरुका समस्याबारे जानकारी गराउँदै समाधानका निम्ति आग्रह गरे ।
बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको विश्वसनीय छवि बजारमा स्थापित गर्न सफल भएकोे छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथै सीआस्वा तथा एबिबिएस सेवा समेत उपलब्ध गराएको छ । 
हालै बैंकले आफ्नो रेमिट सेवा ज्योति रेमिट पनि संचालनमा ल्याएको छ । हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । ज्योति विकास बैंकको निकट भविष्यमा नै ९ वटा नयाँ शाखा र ८ वटा नयाँ एटिएम संचालनमा ल्याउने लक्ष्य लिएको छ । 
हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १५ अर्व ६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १३ अर्व ८५ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK