
विकास बैंकले कालिकोट जिल्ला खाडाचक्र नगरपालिका मान्मामा अनलाईन बैंकिङको सुरुवात गरेको छ । बैंकले जेठको पहिलो सातादेखि मान्मा शाखामा आधुनिक अनलाइन बैंकिङ सेवाको सुरुवात गरेको हो । कृषि विकास बैंक लिका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले उक्त सेवाको औपचारिक उद्घाटन गरे ।
सो अवसरमा सीईओ सिटौलाले कृषि विकास बैंकका प्रोडक्टहरुको बारेमा जानकारी दिँदै स्थानीय जनताको सहयोग भएमा बैंकले निरन्तरता पाउने बताए । नगरपालिकाका मेयर जसी प्रसाद पाण्डेले बैंकले उपलव्ध गराउने सेवाहरुले गरिबभन्दा गरिब किसानको जिवनस्तर उकास्नमा मद्दत पुगोस भन्दै बैंकको उच्च प्रगतिको कामना गर्दै शुभकामना दिए ।
कृषि तथा लघुउद्यम विभागका विभागीय प्रमुख धु्रबचन्द्र गौतमले कृषि विकास बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पुर्याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा कार्य गरिरहेको जानकारी गराए ।
कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय नेपालगंजका निर्देशक रामचन्द्र आचार्यले बैंकले अबका दिनमा मुगुबासीलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा बताए ।
उदघाटन कार्यक्रममा कृषि विकास बैंक लि. मुख्य कार्यालय काठमाडौंका शाख प्रमुख तथा बैंकका प्रबक्ता हिमलाल पौडेल, कृषि विकास बैंक लि. प्रमुख कार्यकारी अधिकृत कार्यालयका शा.अ. धर्मराज न्यौपाने, कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय नेपालगंजका शाखा अधिकृत नरेन्द्र शाहको उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्