
कामना सेवा विकास बैंकले एकै दिन दुई नयाँ शाखा विस्तार गरेको छ शाखा विस्तारलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बैंकले समेबार (वैशाख ३१ गते) लम्जुङको सुन्दरबजार नगरपालिकाको मुख्य बजारमा र पर्वतको कुस्मा नगरपालिकाको बडागांउ चौरमा नयाँ शाखा स्थापना गरेको छ । यससँगै कामना सेवा विकास बैंकको शाखा संख्या ४८ पुगेको छ ।
हालै बैंकले काठमाडौं महानगरपालिकाको ज्ञानेश्वर, धादिङको गल्छी गाउँपालिकाको गल्छी बजार, अघिल्लो हप्तामा रुपन्देहीको शुद्धोधन गाउँपालिकाको फर्साटिकर बजार, दाङको लमहि नगरपालिकाको लमहि बजार, कैलालीको गोदावरी नगरपालिकाको अत्तरिया बजारमा र रोल्पाको रुन्टीगढी गाउँपालिकाको होलेरी बजारमा शाखा स्थापना गरी संचालन ल्याएको थियो ।
दुई अर्ब २८ करोड चुक्ता पुँजी, निक्षेप १४ अर्ब ३७ करोड तथा कर्जा १३ अर्ब २५ करोड रहेको कामना सेवा विकास बैंकले वित्तीय पहुँच नभएका ग्रामिण क्षेत्रमा समेत शाखा विस्तार गरी आफ्नो सेवा विस्तार गर्ने लक्ष्य सहित यस आर्थिक वर्षको जेठ महिना भित्रमा देशका विभिन्न भागमा अन्य थप १० वटा शाखा संचालनमा ल्याई कारोवार संजाल विस्तार गर्ने रणनीति सहित अगाडी बढेको छ । उक्त शाखाहरुको निर्माण कार्य समेत अन्तिम चरणमा पुगि सकेको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्