×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तत: नेपाल टेलिकमकि प्रबन्ध निर्देशक कामिनी राज भण्डारी पदबाट बर्खास्त, को बन्ला अवको नयाँ एमडी ?

PRIME CA

अन्तत: नेपाल टेलिकमकि प्रबन्ध निर्देशक कामिनी राज भण्डारी पदबाट बर्खास्त, को बन्ला अवको नयाँ एमडी ?

अर्थ सरोकार

२४ बैशाख २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- चरम भ्रष्टाचारको आरोप लागेकी नेपाल टेलिकमकि प्रबन्ध निर्देशकलाई बर्खास्त गरिएको छ । टेलिकममा अरवौंको घोटाला गरेको आरोप लागेकी उनलाई असक्षम घोषणा गर्दै बर्खास्त गरिएको हो । नेपाल टेलिकमको बोर्ड बैठकले उनलाई गत बैसाख २० गते बर्खास्त गरेको र बर्खास्तीको समूर्ण प्रक्रिया सकिएको बताइएको छ ।  
नेपाल टेलिकममा एमडी बनेलगत्तै थुप्रै काण्डहरुमा मुछिएकी उनको एक एक कर्तुत अर्थ सरोकार डटकमले सार्वजनिक गरेको थियो । प्राप्त जानकारी अनुसार उक्त बोर्ड बैठकमा अर्थ सरोकार डटकमका केहि समाचारका स्क्रिनशटहरु पनि प्रस्तुत भएका थिए । साथै उनी बर्खास्तीमा पर्न लागेको समाचार पनि अर्थ सरोकार डटकमले सार्वजनिक गरेको थियो । 
टेलिकमका सञ्चालक समितिका एक सदस्यले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार डा. सुनील पोखरेललाई टेलिकमको एमडी बनाउने कसरत समेत सुरु भएको छ ।
यो पनि पढ्नुहोस् 
  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: