
काठमाडौं – माछापुच्छ्रे बैंकले आकर्षक सुबिधासहितको एमबीएल स्मार्ट बचतखाता संचालनमा ल्याएको छ । उक्त खातामा न्युनतम रु ५ हजार बचत गरी ६ प्रतिशत ब्याज प्राप्त गर्न सकिने छ ।
उक्त खातामार्फत ग्राहकले विभिन्न स्मार्ट सुविधाहरु निःशुल्क प्राप्त गर्दै आइरहेका छन् । स्मार्ट सुविधाअन्र्तगत ग्राहकहरुले ईन्टरनेट बैकिङ्ग सुविधा, एमबिएल मोबाइल मनी, डेबिट कार्ड, क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर सुविधा, सि-आश्वा सुविधा, अन्तरशाखा कारोबार सुबिधा निःशुल्क तथा लकर सुबिधामा समेत ५० प्रतिशत छुट प्राप्त गरिरहेका छन् ।
उक्त खाता थप आर्कषक बनाउन बैंकले स्वास्थ र दुर्घटना बिमाको सुविधा समेत प्रदान गर्न भएको छ, जसमा ग्राहकले रु पाँच लाख सम्मको दुर्घटना बिमा, रु १ लाख सम्मको अस्पताल भर्ना खर्च र रु ५ हजार सम्मको औषधि खर्च निःशुल्क प्राप्त गर्न सक्ने जनाएको छ ।
बैंकनै नगई इलेक्ट्रोनिक माध्यम बाटै बैंक खाता सञ्चालन गर्न ग्राहक वर्गलाई प्रोत्साहित गर्ने उद्देश्यले बैंकले स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्