×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकको थप ५ नयाँ स्थानबाट बैंकिङ्ग सेवा सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माछापुच्छ्रे बैंकको थप ५ नयाँ स्थानबाट बैंकिङ्ग सेवा सुरु

८ जेष्ठ २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले एकै साथ थप ३ शाखा कार्यालय तथा २ शाखा रहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।
बैंकले सुुनसरीको धरान उप-महानगरपालिका, भोजपुुरको भोजपुुर नगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिकामा शाखाको स्थापना गरेको छ । नयाँ शाखामार्फत बैंकले आˆना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।
साथै बैंकले कञ्चनपुरको वेलडांडी-२ तथा भिमदक्तनगर-८ मा २ नयाँ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित उत्fm शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।
यस बैकले २०७४ साल चैत्र मसान्तसम्म रु ६८ अर्व निक्षेप परिचालन गरी रु. ६२ अर्व कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. ८१ करोड खुद मुनाफा गरेको छ ।
उक्त शाखाहरु समेत बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ७७ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०० स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको जनाएको छ । साथै, बंैकको देशभर ८८ वटा एटीएमहरु संचालनमा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी