
महालक्ष्मी बिकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भक्तपुर शाखाले काभे्र जिल्ला बेथानचोक वडा नं ६ मा बस्ने ३७ वर्षीय पूर्णमान तामाङ्गलाई मृगौला रोगको उपचारका निमित्त ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
बैंकका वरिष्ठ प्रबन्धक प्रकाश घिमिरेले तामाङ्गलाई चेक हस्तान्तरण गरे । मृगौला रोग लागि मानव अंगप्रत्यारोपण केन्द्रमा उपचार गराउँदै आएका तामाङ्गको आर्थिक स्थिति निकै कमजोर रहेको हुनाले उपचार खर्चमा सानो सहयोग पुर्याउने उद्देश्यले बैंकले सो सहयोग गरिएको बैंकले जनाएको छ ।
बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्