Skip to content
LAXMI SUNRISE BANK

शाखा संख्या बढाउंदै मेगा बैंक, लाहान र गोरखामा एकैसाथ नयाँ साखा सञ्चालन

अर्थ सरोकार

काठमाडौं –मेगा बैंकले स्थानीय स्तरमा बैंकिंग पहुँच बढाउने उद्देश्यले निरन्तर शाखा विस्तारलाई  तीव्रता दिने क्रममा मेगा बैंक नेपाल लिमिटेडले थप दुई वटा शाखा विस्तार गरेको छ । 
बैंकले  सिरहाको लहान नगरपालिका र गोरखाको भिमसेन थापा गाउँपालिकामा नयाँ  शाखा विस्तार गरेको हो । बैंकिले बैंकिंग पहुँच भन्दा बाहिर रहेका नेपालीहरुलाई ‘हलोदेखि हाइड्रोसम्म’को सेवा पुर्याउने उद्देश्यले मेगा बैंकले ग्रामीण भेगमा शाखा विस्तारलाई तिव्रता दिएको हो । मेगा बैंकले दुई साताको अवधिमा १० वटा नयाँ शाखा विस्तार गरेको छ । 
यो सँगै देशभर मेगा बैंकको शाखा कार्यालय ९३ पुगेको छ । मेगा बैंकका ८ वटा एक्सटेन्सन काउन्टर, ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट छन् । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK