Skip to content
LAXMI SUNRISE BANK

नेपाल कम्युनिटीको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ एजिएम ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको ८.६१% बोनस सेयर सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ । बैंकले जेठ १८ मा साधारण सभा गर्न वैशाख २८ गतेदेखि बुक क्लोज गने भएको छ ।
सभामा बैंकले ८.६१% बोनस सेयर र ०.४५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । नेपाल कम्युनिटीले हाल कायम ४८ करोड ४६ लाख ४८ हजार ७८० रुपैयाँ चुक्ता पुँजीको ८.६१% बोनस दिन लागेको हो । सभामा सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
साधारण सभा दरबार लन प्रा.लि. रुपन्देहीमा विहान ९ बजे सुरु हुनेछ । बोनसपछि पुँजी ५२ करोड ६३ लाख ७७ हजार रुपैयाँ पुग्नेछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK