Skip to content
LAXMI SUNRISE BANK

प्राइम कमर्सियल बैंकले गर्यो स्याङजा फेदीखोलामा नयाँ शाखा विस्तार

अर्थ सरोकार

स्याङजाको फेदीखोला गाउँपालिकामा पहिलो वाणिज्य बैंकको रूपमा प्राइम कमर्सियल बैंकले नयाँ शाखा विस्तार गरेको  छ । फेदीखोला गाउँपालिकाबाट स्याङजाको सदरमुकाम करिब १७ किलोमिटर टाडा वाणिज्य बैंकमा कारोबार गर्न जानुपर्ने स्थानीयको बाध्यतालाई उक्त बैंकको शाखा स्थापनाले घर दैलोमै सेवा हुने भएको हो । 
बैंकका महाप्रवन्धक सञ्जीव मानन्धरले उक्त बैंकको ६० शाखा आज (बिहीबार) एक समारोहकाबीच उद्घाटन गर्दै नेपाल सरकारको नीतिअनुरुप आफूहरू फेदीखोला गाउँपालिकामा जनतासँगको सहकार्यमा सेवा दिन आएको बताए । घर दैलोमै बैकिङ सेवा पाएको र झन्झट नहुने भएको भन्दै उक्त ठाउँका बासिन्दा पनि खुशी भएका छन्  । सो शाखा स्थापनाले स्थानीय तह र स्थानीय जनतासँगको सहकार्यमा करिब दुई वर्षमा स्थानीय जनताको जीवनस्तरमा केही सुधार हुने उनले विश्वास व्यक्त गरे । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK