
कृषि बिकास बैंकले चितवनको भरतपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बैंकले यही जेठ १३ गते भरतपुर गार्डेन रिसोर्ट प्रा.लि.मा बैकको क्षेत्रीय कार्यालय वीरगञ्जले आयोजना गरेको “स्थानीय तहमा कृषि विकास बैंक लि.” विषयक एक दिने अन्तरकृया कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्रम भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पानसमा बत्ती बाली उद्घाटन गर्नु भएको थियो भने बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले जन प्रतिनिधिहरुलाई खादा ओढाई सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका मेयर, उपमेयर, सो अन्तर्गतका २९ वटा वडाका अध्यक्षहरु, चितवनका रत्ननगर न. पा., खैरहनी न.पा., माडी न.पा., राप्ती न.पा. तथा कालिका न.पा.का मेयर, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य पदाधिकारी, कृषि विकास बैंक चितवनका ८ वटा शाखा÷उपशाखा तथा तालीम केन्द्रका शाखा प्रबन्धकहरु तथा तालीम केन्द्र प्रमुख, चितवन उद्योग बाणिज्य संघका अध्यक्ष, खानेपानी व्यवस्थापन ब।ेर्ड भरतपुरका प्रमुख कार्यकारी अधिकृत तथा पत्रकारहरु गरी करिव ९० जनाको सहभागिता रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्