×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनिपाल शिक्षण अस्पतालमा नर्सको तलब मासिक ५ हजार रुपैयाँ मात्र ! आवाज उठाउनेलाई ठाउँको ठाउँ कारवाही !

PRIME CA
GLOBAL IME BANK

मनिपाल शिक्षण अस्पतालमा नर्सको तलब मासिक ५ हजार रुपैयाँ मात्र ! आवाज उठाउनेलाई ठाउँको ठाउँ कारवाही !

१४ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा नर्शहरुलाई चरम श्रम शोषण हुने गरेको रहस्य खुलेको छ। विशेष गरी अस्पतालमा काम गर्ने स्टाफ नर्सहरुमाथि यस्तो ज्यादती हुने गरेको खुलासा भएको हो । अस्पताल स्रोतले अर्थ सरोकार डटकमलाई गोप्य रुपमा उपलब्ध गराएको ‘स्यालरी सिट’मा यसको प्रमाणसमेत छ । दिनमा ८ घण्टादेखि १४ घण्टासम्म ड्युटी गर्नेलाईसमेत मात्र ५ हजार रुपैयाँ दिने गरेको पाइएको छ । केहि स्थायी नर्सहरुले महिनाको १५ हजार रुपैयाँ पाएपनि अधिकांसको तलव मासिक ५ हजार रुपैयाँमात्र छ । 
भारतीय र नेपाली कर्मचारीमा ठाडो भेदभाव !
यसो त यो अस्पतालपनि भारतीय लगानीमा चलेको अस्पताल हो । त्यहि भएका कारण पनि यो अस्पतालमा नेपाली नागरिकहरुलाई भेदभाव गर्ने गरिएको पाइएको छ । एउटै पदमा कार्यरत नेपाली कर्मचारीलाई भन्दा भारतीय कर्मचारीलाई तेब्बर धेरै तलब दिने गरेको कर्मचारीको गुनासो छ । ‘हामीमाथि चरम श्रम शोषण छ । ५ हजार रुपैयाँमा काम गर्नुपर्छ । भारतीय कर्मचारीले हामी भन्दा धेरै बढी तलव पाउँछन् ।’ अस्पातालकि एक कर्मचारीले अर्थ सरोकार डटकमसँग भनिन्, ‘नेपालमै काम गरेर पनि भारतीयहरुको हेपाहा प्रवृति भोग्नुपरेको छ । यो विषयमा कोहि पनि बोलेका छैनन् ।’ उनले अस्पतालमा अरूखाले मनपरी समेत भएको बताएकी छिन् । ‘यहाँ त केहि नक्कली डाक्टरहरुले समेत काम गर्छन् । तर कसैले केहि गर्न सकेको छैन । कहिलेकाहीं त यो देशमा सरकार नै छैन जस्तो पनि लाग्छ ।’ 
आवाज उठाउने कर्मचरीमाथि ठाउँको ठाउँ कारवाही !
यसो त कर्मचारीको पीडा त्यहाँमात्र सिमित छैन । आफ्नो हक अधिकारका बारेमा बोल्न पाउने अधिकारपनि अस्पतालले खोसेको छ । कर्मचारीका विभिन्न मुद्दालाई लिएर आन्दोलनमा उत्रिएको भन्दै कर्मचारीमाथि प्रशासनले कारवाही समेत गरेको छ । अर्थ सरोकार डटकमलाइ प्राप्त जानकारी अनुसार गत जेठ ७ गते कर्मचारीहरु रमेश बोहरा, निलकण्ठ भट्टराई, टेक बहादुर विक र अल्पना ठाकुरलाई जागिरबाट निष्काशन गरिएको छ । उनीहरुले कर्मचारीको हक हितका लागि भन्दै अस्पतालमा आन्दोलन गरेका थिए । यी मध्ये बोहरा अस्पतालमा कार्यरत आन्दोलनरत कर्मचारीका तर्फबाट वार्ता टोलीका संयोजक समेत थिए । यसो त पीडितहरुले आफूहरुलाई जबरजस्ति श्रम ऐन विपरित निष्काशन गर्ने तथा जायज माग सुनुवाई नगर्ने प्रशासन विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दिएका थिए । तर त्यसको अहिलेसम्म पनि उचित सम्बोधन हुन सकेको छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: