×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्णिमा विकास बैंकका मोबाइल बैकिङ प्रयोगकर्ताले पाए उपहार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पूर्णिमा विकास बैंकका मोबाइल बैकिङ प्रयोगकर्ताले पाए उपहार

Artha Sarokar

८ जेष्ठ २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पूर्णिमा विकास बैंक लिमिटेडकोे ११औं वार्षिक उत्सवको अवसरमा आधुनिक बैंकिङ सेवाको प्रयोगलाई उत्प्रेरित गर्नको लागि F1 soft internationalको सहकार्यमा ५ जना मोवाईल बैंकिङ प्रयोगकर्ता ग्राहकलाई samsung galaxy J2  मोबाईल उपहार स्वरुप प्रदान गरेको छ । ५ जना भाग्यशाली ग्राहकहरुमा सन्तोष ज्ञवाली, लक्ष्मी बस्नेत, सेराजुद्यिन मिया, बावुराम गौतम, स्वस्तीका खनाल रहेका छन् ।
बैंकले जेठ १ गते देखि जेठ ७ गते सम्म विभिन्न कार्यक्रम सम्पन्न गरी मनायो । उक्त अवधिमा बैंकले मुस्कान सहितको बैकिङ सेवाको सुरुवात गदैं जनता मा.वि हकुइ, परासि र सुर्यपुरा उच्च मा.वि मा निशुल्क बाल आँखा शिविर सम्पन्न गरेको छ ।
त्यस्तै बैंकले पर्यावरण संरक्षको तथा वित्तिय साक्षरताको लागि केन्द्रिय कार्यलयबाट भैरहवा नगर परिक्रम गरी रोहिनी गाउपालिका ३, स्थित शाखा कार्यलय धकधई सम्म साइकल र्याली आयोजना गरेको थियो । साथै वैंकका शाखा कार्यलय नारायणघाट, वडेरा, धकधई, ड्रइभरटोल, पर्सा, मुर्गिया, बुटवल, भलवारीले नजिकका सरकारी विद्यालयमा वित्तिय साक्षरता लागि कार्यक्रम गरी विभिन्न स्टेसनरी सामाग्री तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती समेत प्रदान गरेको थियो ।
F1 soft internationalका प्रतिनिधि कमल सापकोटाले बैंकले दिदैं आएको आधुनिक र्वैकिङ सेवा निकै प्रभावकारी रहेको र आगामी दिनमा पनि वैंकसंग सहकार्य गर्दै यस्तै उपहारहरुको ब्यवस्था गर्ने जानकारी दिए ।
उक्त कायक्रमको मुख्य उद्देश्य वित्तिय साक्षरतालाई बढवा दिँदै् आधुनिक तथा डिजिटल पेमेन्टमा बैकिङ सेवाको वारेमा जनमानसमा सूसूचित गराउदैं सोबाट हुने लाभहरुको वारेमा जानकारी गराउनु रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश गरुङले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी