Skip to content
LAXMI SUNRISE BANK

मुगुको गमगढीमा पनि कृषि विकास बैंकको अनलाइन बैकिङ्ग सुरु, बैंकका प्रमुख कार्यकारी अधिकृत सिटौलाले गरे उद्घाटन

अर्थ सरोकार

जिल्लाको गमगढीमा कृषि विकास बैंक लि.मा अनलाईन बैकिङ्गको शुभारम्भ गरिएको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले उक्त सेवाको औपचारिक उद्घाटन गरे ।
कृषि विकास बैंक क्षेत्रिय कार्यालय, नेपालगंजका निर्देशक रामचन्द्र आचार्यको अध्यक्षतामा सम्पन्न समुदघाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको प्रोडक्टहरुको बारेमा जानकारी गराउँदै स्थानीय जनताको सहयोग भएमा बैंकले निरन्तरता पाउने बताए ।
कृषि तथा लघुउद्यम विभागका विभागीय प्रमुख धु्रबचन्द्र गौतमले कृषि विकास बैंकले वित्तीय कारोबारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पुर्याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा कार्य गरेको जानकारी दिए ।
कृषि विकास बैंक क्षेत्रिय कार्यालय नेपालगंजका निर्देशक रामचन्द्र आचार्यले बैंकले अबका दिनमा मुगुबासीलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा प्रकाश पारे ।
सो उद्घाटन कार्यक्रममा कृषि विकास बैंक लि. मुख्य कार्यालय काठमाडौंका शाखा प्रमुख तथा बैंकका प्रबक्ता हिमलाल पौडेल, कृषि विकास बैंक लि. प्रमुख कार्यकारी अधिकृत कार्यालयका शा.अ. धर्मराज न्यौपाने, उपस्थिति रहेको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK