
नेपाली जनमानसमा क्यान्सर रोगले जरो गाड्दै आएको तथ्यलाई महसुस गर्दै खोलिएको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको महामहिम राष्ट्रपति महोदयबाट उद्घाटन भएको आज एक वर्ष पुगेको छ। क्यान्सर बिरामीहरुलाई अन्तराष्ट्रिय उपचारात्मक सेवा दिने र क्यान्सरका चुनौतिहरु सँग सामना गर्ने उद्देश्यले मुलत यस नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको स्थापना भएको हो । ललितपुरको हरिसिद्धमा रहेको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर निजी क्षेत्रबाट सञ्चालित पहिलो क्यान्सरमुखी सेवाग्राही अस्पताल हो ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले अन्तरास्ट्रिय मापदण्ड अनुरुप एउटै छानामुनि नेपाली जनताको आर्थिक पहुँचभित्र रही गुणस्तरीय क्यान्सर उपचार सेवा दिईरहेको छ । आज भन्दा एक वर्ष अगाडी भारतको नयाँ दिल्लीस्थित राजिव गान्धि क्यान्सर हस्पिटलको प्राविधिक सहयोगमा यस अस्पतालको स्थापना भएको थियो । “नेपालीको क्यान्सरको उपचार नेपालमा नै“ भन्ने मूल नारा लिई हामी यो वर्षको कार्यक्रम हरु संचालन गर्दै छौं। क्यान्सर उपचारका लागि विदेश जाँदा हुने सामाजिक, आर्थिक र भौतिक नोक्सानीलाई निर्मूल पार्ने उद्देश्य ले यस हस्पिटलले आफ्ना कार्यक्रमहरु संचालन गर्दै आएको अवगत गराउंदै जुनसुकै क्यान्सर रोगको उपचार नेपालमै यस हस्पिटलमा हुने कुरा जनतसमक्ष पुर्याउन पत्रकार मित्रहरुको भूमिका अद्वितीय हुने कुरा पनि यसै बिज्ञप्ति मार्फत ज्ञापन गर्न चाहन्छौं ।
यस अस्पतालले आफ्नो कार्यक्षमता अभिवृद्धि गर्ने हेतुले अत्याधुनिक प्रबिधिहरु भित्र्याईरहेको र बिरामीलाई सुबिस्ता हुनेगरी ति सेवाहरुको प्रभावकारी र योजनबद्द ढंगले व्यवस्थापन र संचालन गर्दै आएको छ। हाल यस अस्पतालमा उपलब्ध उपचारात्मक सेवाहरुलाई मुख्यत तिन विभागमा समेट्न सकिन्छ। मेडिकल अन्कोलोजी अन्तर्गत नेपाल क्यान्सर अस्पतालमा अस्ट्रेलियन दिशानिर्देशनको केमोथेरापी र OSHA guidelines मा आधारित सुरक्षित केमोथेरापी तैयारी सेवा प्राप्त हुनु दुई मुख्य विशेषता हुन्। यसैगरी सर्जिकल अन्कोलोजी अन्तर्गत Head and Neck Surgery, Thoracic Surgery, Hepatobiliary Surgery, Gastro-Intestinal Surgery, Breast Surgery, Soft Tissue and Bone Tumor Surgery, neuro Surgery, Uro Oncology Surgery, Gynae Oncology Surgery, Plastic Surgery आदिको व्यवस्था भएको जानकारी गराइन्छ, सर्जरी डिपार्टमेन्ट अन्तर्गत नेपालमा नै भर्खर सुरु भएको अन्कोप्लास्टिक ब्रेस्ट सर्जरी पनि यस अस्पतालको एक प्रमुख बिशेषता मा पर्दछ । स्तन क्यान्सरको शल्यक्रिया गर्दा पुरै स्तन फाल्नुको सट्टा उक्त स्तनलाई बचाउनु नै अन्कोप्लास्टिक ब्रेस्ट सर्जरीको मुख्य उद्देश्य हो । यसैगरी सर्जिकल र प्याथोलोजीको संगममा रहेको फ्रोजन सेक्सन सेवा पनि नेपाल क्यान्सर अस्पताल ले दिंदै आएको अवगत गराइन्छ । क्यान्सरको शल्यक्रियाको क्रममा पुरै ट्युमर निकालियो कि निकालिएन भन्ने तुरुन्त जांच गर्न मिल्ने फ्रोजन सेक्सन प्रक्रियाले यस अस्पतालमा हुने शल्यक्रियाहरुको गुणस्तर बढाएको छ । यसै गरि रेडिएशन अन्कोलोजी अन्तर्गत यस अस्पतालमा ब्राकी थेरापी र एक्सटर्नल बिम रेडियोथेरापी सेवाहरु उपलब्ध छ । रेडियोथेरापी अन्तर्गत उपलब्ध एक्स्टर्नल बिम रेडियोथेरापीमा संसारकै उत्कृस्ट लिन्याक मेशिन ‘भेरियन ट्रु बिम टु’ यस अस्पतालमा उपलब्ध भएको जानकारी पनि यसै बिज्ञप्ति मार्फत गराइन्छ ।
क्यान्सर आफैंमा एक चुनौतिपूर्ण रोग हो तर यसको पहिचान समयमै हुन सक्यो भने यसलाई सम्पूर्ण रुपमा निको पार्न सकिन्छ भन्दै यस अस्पतालमा क्यान्सर रोग पत्ता लगाउने विभिन्न प्रबिधिहरु रहेका छन् । यस अस्पतालको रेडियो डाएगनोस्टिक तथा इन्टरवेन्शनल रेडियोलोजी बिभाग मा बिरामीहरुले सि टि स्क्यान , डिजिटल एक्स रे, डिजिटल म्यामोग्राफी लगायतका सुबिधाहरुको फाइदा उठाउन सक्नेछन । क्यान्सर पत्ता लगाउनका लागि अत्यन्त सहयोगी मानिने एभ्त् क्ऋब्ल् मेशिन पनि छिट्टै नै अस्पतालमा ल्याउने तैयारी भैरहेको जानकारी पनि यसै बिज्ञप्ति मार्फत अवगत गराउन चाहन्छौं । यसैगरी प्रयोगशाला जांचहरु अन्तर्गत अन्कोप्याथोलोजी सम्बन्धित सम्पूर्ण जांचहरु यस अस्पताल र साझेदार प्रयोगशालाहरुबाट हुने जानकारी पनि गराउन चाहन्छौं ।
क्यान्सर रोग लागिसकेपछि बिरामीहरुमा एक किसिमको मानसिक ह्रास आउने समस्यालाई मध्यनजर गर्दै यस अस्पतालले विभिन्न सकारात्मक कार्यक्रम हरु पनि अबलम्बन गरेको छ । क्यान्सर सरभाइभरशिप क्लिनिक का नाम मा संचालन गरिएको उक्त पहलमा क्यान्सरबाट मुक्त भएका बिरामीहरुले क्यान्सर संग लडिरहेका बिरामीहरुलाई हौसला तथा प्रेरणा प्रदान गर्ने गर्छन । साथै अस्पताल मा क्यान्सर बिरामीको मानसिक स्वास्थ्यको अवस्थालाई सदैव प्राथमिकता मा राख्दै बिशेष साइको अन्कोलोजी क्लिनिकको पनि व्यवस्था गरिएको छ । यस क्लिनिकमा एक्स्पर्ट साईको अन्कोलोजी डाक्टर तथा साईकोलोजि नर्सबाट क्यान्सर बिरामी तथा बिरामीका परिवारलाई हुने मानसिक समस्याको हलका लागि विभिन्न साईको थेरापी पद्दति तथा औषधि बाट उपचार गर्ने गरिन्छ ।
आफ्नो सामाजिक उत्तरदायित्व को बोध गर्दै यस नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले विभिन्न सामाजिक संघ संस्थाहरुसंग मिलेर विभिन्न स्वास्थ्य जनचेतना मुलक कार्यक्रमहरु तथा निशुल्क Cancer Screening Camp हरु संचालन गरेको छ । समाज संग सहकार्य गर्दै विभिन्न कार्यक्रमहरु गर्ने सन्दर्भमा हाल सम्म लायन्स क्लब, तुलसिमाया फाउन्डेसन, रोटरी क्लब यल, ललितपुर उद्योग बाणिज्य संघ, उपचारका लागि सहयोगी हातहरु तथा हिमालयन इन्स्युरेन्स संग समझदारी पत्रमा हस्ताक्षर भै सकेको पनि जानकारी गराउन चाहन्छौं ।
यस कार्यक्रममा अस्पतालबाटै प्रकाशित हुने स्वास्थ्य पत्रिका ‘आशा’ को दोश्रो अंकको लोकार्पण मुख्य अतिथि परराष्ट्र मन्त्री सम्मानीय श्री प्रदीप कुमार ज्ञवालीज्यूले गर्नुभएको छ । यसका साथै हालै सम्पन्न भएका खेलकुद कार्यक्रमहरुका बिजेताहरुलाई पनि सोहि कार्यक्रममा पुरस्कार सम्मान गरिएको छ। साथै यस अस्पतालका यस बर्षका उत्कृस्ट कर्मचारीहरुलाई पुरस्कारद्वारा सम्मान समेत गरिएको छ । यसै कार्यक्रममा अस्पताललाई विभिन्न रुपमा सहयोग गर्ने संघ संस्थाहरुलाई मायाको चिनो पनि प्रदान गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्