Skip to content
LAXMI SUNRISE BANK

सामाजिक उत्थानमा बैंकको दायित्व, सिटिजन्स बैंकद्धारा विद्यालयलाई दुई लाख आर्थिक सहयोग

अर्थ सरोकार

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले श्री बालबिनोद माध्यमिक विद्यालयलाई दुई लाख रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको छ । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो वार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।
विद्यालयको सभाकक्षमा आयोजित कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समुपस्थितिमा विद्यालयका प्राचार्य माधव प्रसाद खतिवडालाई दुई लाख रुपैयाँको चेक बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माद्वारा हस्तान्तरण गरियो । 
कार्यक्रमलाई संम्बोधन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले मानिसमा उद्यमशिलताको विकास हुनु नितान्त आवश्यक रहेको बताए । एक प्रसङ्गमा बोल्दै उनले सामुदायिक विद्यालयहरु आर्थिक रूपले आत्मनिर्भर भए मात्र गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताए । गुणस्तरीय शिक्षाको अभावकै कारण हाम्रो मुलुकले द्वन्द्ध खेप्नु परेको उनको भनाई थियो । उनले आगामी दिनमा पनि सिटिजन्स बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक लगायतका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने जानकारी गराए । 
कार्यक्रममा उपस्थित बालबालिकाहरुले बैंकले गरेको सहयोग उनीहरुको अन्धकारमय जीवनमा प्रगति र उन्नतिको प्रकाश बनेर आएको भन्दै खुसी व्यक्त गरे । उज्यालो भविष्यका निम्ति अहोरात्र खोजीमा रहेका बालबालिकाहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तूत गरेका थिए ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ६९ वटा एटिएम र ९७ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब तीन लाख ३५ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK