Skip to content
LAXMI SUNRISE BANK

‘गरिमा रेमिट’ र ‘एनआई सी एशिया रेमिट’ सञ्चालन गर्ने सम्बन्धमा गरिमा र एनआईसी एशियाबीच सम्झौता

अर्थ सरोकार

गरिमा विकास बैंक लिमिटेड र एनआई सी एशिया बैंक लिमिटेडबीच ‘गरिमा रेमिट’ र ‘एनआईसी एशिया रेमिट’ सञ्चालनगर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । मिति २०७५ जेष्ठ २४ गते विहीबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय र एनआईसी एशिया बैंक लिमिटेडको तर्फबाट चिफ मार्केटिङ्ग अफिसर जयन्द्र रावलले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । 
सम्झौता पश्चात एनआईसी एशिया बैंक लिमिटेडका देशभर रहेका २१० वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न तथा गरिमा विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ५७ वटा शाखा कार्यालयबाट एनआईसी एशिया रेमिट मार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिन्छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK