×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई र स्टार अस्पताल बीच सम्झौता, बैंकका ग्राहकलाई गुणस्तरीय उपचारमा सहुलियत दिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

ग्लोबल आइएमई र स्टार अस्पताल बीच सम्झौता, बैंकका ग्राहकलाई गुणस्तरीय उपचारमा सहुलियत दिने

Artha Sarokar

२२ जेष्ठ २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ग्लोबल आइएमई बैंक लि. र स्टार अस्पताल प्रा. ली. बीच मिति २०७५ ज्येष्ठ २२ गते अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।
उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख श्री गणेश अवस्थी र स्टार अस्पतालका प्रबन्ध निर्देशक, डा. शाहिल रुपाखेतिले हस्ताक्षर गर्नुभएको हो ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।
उक्त सम्झौतापश्चात स्टार अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट Privilege Credit Card, डेबिट/क्रेडिट कार्ड लिएका बैैंकका ग्राहक तथा ग्राहकका परिवार, बैंकका कर्मचारी र कर्मचारीका परिवारले अस्पतालले प्रदान गर्ने सेवामा १५ प्रतिशत सम्म छुट पाउने छन् । 
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२९ वटा शाखा, १३१ वटा एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर, ८७ वटा शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि/सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । 
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि/सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
भविष्यमा पनि ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई लाभान्वित गराउन तथा अन्य अतिरिक्त सुविधा दिने उद्देश्यले विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याउन प्रयासरत छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी