×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थवाङ शाखाबाट जनता बैंकको करोवार सुरु, अव आधुनिक बैंकिङ्ग तथा रेमिट्यान्स सुविधा लिन सकिने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

थवाङ शाखाबाट जनता बैंकको करोवार सुरु, अव आधुनिक बैंकिङ्ग तथा रेमिट्यान्स सुविधा लिन सकिने !

२१ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – ग्रामिण क्षेत्रमा शाखा विस्तारको क्रममा जनता बैंक नेपाल लिमिटेडले रोल्पा जिल्लामा थप एक नयाँ शाखाबाट कारोवार सुरु गरेको छ । रोल्पा जिल्लाको थवाङ गाउँपालिका वडा नं. २ स्थित थवाङ शाखाबाट कारोवार सुरुगरिएको हो। रोल्पामा लिवाङ पछि जनता बैंकको यो दोस्रो शाखा हो भने सोही जिल्लामा अन्य २ शाखाहरु पनि खुल्ने क्रममा रहेका छन् । 
थवाङ गाउँपालिकाको सरकारी कारोवार समेत गर्ने यो शाखाबाट स्थानीय उद्यमी, व्यापारी तथा सर्वसाधारणले आधुनिक बैंकिङ्ग सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्नेछन् । रोल्पा जिल्लाको यस विकट गाउँपालिकामा बैंकिङ पहुँच पुगकोले स्थानीय जनताहरुको जिवन स्तरमा केही भए पनि सहजता आउने बैंकले विश्वास लिएको छ । यस सँगै जनता बैंकको देश भरीमा शाखा सञ्जाल ११७ पुगेको छभने बैंकले ४० शाखा रहित बैंकिङ्ग, २सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी