
काठमाडौँ- ज्योति बिकास बैंकले दिनानुदिन साखा विस्तारलाई तिब्रता दिएको छ । यसैबीच बैंकले नवलपरासीको वर्दघाटमा नयाँ शाखा संचालनमा ल्याएको छ । बर्दघाट नगरपालिका वडा नं ४ बर्दघाट बजारमा रहेको उक्त शाखा औपचारिक रुपमा प्रमुख अथिति बर्दघाट नगरपालिकाका मेयर धीरज शर्मा बस्याल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा एक कार्यक्रमका बिच आषाढ १२ गतेका दिन संयुक्त रुपमा उद्घाटन गरे ।
सो अवसरमा बर्दघाट नगरपालिकाका मेयर धीरज शर्मा बस्यालले सुपरिचित राष्ट्रिय स्तरको विकास बैंकको शाखा आफ्नो नगरपालिकामा खुलेकोमा खुशी लागेको बताउदै बैंकको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
साथै बैंकका अध्यक्ष हरि चन्द्र खड्काले ज्योति विकास बैंकले नेपाल राष्ट्र बैंकले तोकेको समयमानै चुक्ता पुँजी पु¥याएको र हाल आफ्नो सेवा तथा शाखा संजाललाई देशैभरी विस्तार गर्ने क्रममा बर्दघाटमा शाखा खोलेको बताए भने बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले जिम्मेवार ढङ्गले गुणस्तरीय बैकिङ्ग सेवा प्रदान गर्दै बैंकले आफ्नो व्यवसाय विस्तार गर्ने बताउंदै बैंकको सेवा लिन हुन सम्पुर्णमा अनुरोध गरे ।
हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा ATM संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु.१६ अर्व ३१ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु.१४ अर्व ७१ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्