Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंकको शाखा हेटौँडाको पारिजात रोडमा, संचालक समितिका अध्यक्ष आचार्यले गरे उद्घाटन

अर्थ सरोकार

कामना सेवा विकास बैंक लिमिटेडले मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका ४, पारिजात रोडमा ४९औं शाखा कार्यालय उद्घाटन गरी कारोबार सुरु गरेको छ । बैंकका संचालक समिति अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा उद्योग बाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कटुवालले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए । 
तिव्र गतिमा भौतिक विकास भइरहेको र हाल प्रदेश नं. ३ को राजधानी सहर हेटौँडामा बैंकको कार्यक्षेत्र विस्तार गरी यस क्षेत्रका उद्योगी, व्यापारी, पर्यटन व्यवसायी, कृषक र अन्य ग्राहकहरुसँग अझै सामिप्यता कायम गर्ने उद्देश्यले विस्तार गएिको यस शाखा विस्तारले ग्राहकका आवश्यकता अझै सरल र सहज ढङ्गले पुरा हुने विश्वास बैंकले लिएको छ ।
कामना सेवा विकास बैंकले कार्यालय संजालको विस्तारमा तिव्रता दिइरहेको छ । गत बैशाख महिनामा मात्रै ६ स्थानमा शाखा कार्यालय विस्तार गरिसकेको बैंकले यसै महिनामा थप ४ नयाँ शाखाबाट सेवा प्रदान गर्ने जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK