Skip to content
LAXMI SUNRISE BANK

कामना सेवा विकास बैंकको ५० औं शाखा बाँकेको जी गाउँमा

अर्थ सरोकार

कामना सेवा विकास बैंक लिमिटेडले बांके जिल्लाको बैजनाथ गाउपालिका ५, जी गाउँमा मंगलबारदेखि बैंकको ५० औं शाखा कार्यालय समुदघाटन गरि कारोबार शुभारम्भ गरेको छ । शुभारम्भ समारोहको अध्यक्षता बैंकका संचालक समिति सदस्य भिम प्रसाद तुलाचनले गरेका थिए भने कार्यक्रमको प्रमुख आतित्यथा बैजनाथ गाउपालिका प्रमुख मान बहादुर रुचालले गरेका थिए ।
बैंकहरु शहरमा मात्र होइन देशका ग्रामिण इलाकामा समेत पुग्नुपर्ने र त्यस क्षेत्रका जनताहरुले समेत आधुनिक बैकिङ्ग सुविधाहरु प्राप्त गर्दै वित्तीय पहुँच हरेक क्षेत्रमा पुग्नुपर्ने आवश्यकतालाई महशूस गर्दै बैंकको शाखा विस्तार गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले बताए ।
गाउँपालिका प्रमुख मान बहादुर रुचाल, उधोग बाणिज्य संध कोहलपुरका अध्यक्ष चक्र बहादुर अधिकारी, जिल्ला सहकारी संध बांकेका अध्यक्ष प्रेम सुवेदी, सहकारी वोर्ड नेपालका सदस्य देव बहादुर के.सी लगायतले बैंकले ग्रामिण क्षेत्रमा समेत शाखा खोलेकोमा विशेष सराहना ब्यक्त गर्दै विशेषतः कृषि कर्जामा सहुलियतपुर्ण कर्जा सुविधा प्रदान गर्न र ब्यवसायिक उद्यमशिलता विकासमा समेत महत्वपूर्ण भूमिका खेल्न बैंक सफल रहोस भन्दै शाखा कार्यालयको लागि शुभकामना ब्यक्त गरे ।
अधिकृत पूंजी ३ अर्व रहेको यस बैंकको चूक्तापूंजी २ अर्व ३५ करोड ७१ लाख ३१ हजार ६ सय ३२ रहेको छ । बैंकले हालसम्म करिब १४ अर्व ४० करोड निक्षेप संकलन गरी करिब १३ अर्व ३० करोड कर्जा लगानी गरिसकेको छ भने चैत्र मसान्तसम्म करिब ३६ करोड संचालन मुनाफा आर्जन गरेको छ ।
कारोबार शुभारम्भको उपलक्ष्यमा स्थानिय ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको र शुभारम्भकै दिन २८५ भन्दा बढी ग्राहकले निक्षेप खाता खोलेको र करिब १ करोड ५० लाख निक्षेप संकलन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले जानकारी दिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK