Skip to content
LAXMI SUNRISE BANK

“किरानामा” कुमारी बैंकको महाबचत योजना ,सामान खरिद गर्दा १० प्रतिशत नगद फिर्ता

अर्थ सरोकार

कुमारी बैंक लिमिटेडले आफ्ना मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुलाई merokirana.com बाट अनलाइन अर्डर मार्फत सामान खरिद गर्दा १० प्रतिशत सम्मको क्यास ब्याक (नगद फिर्ता) योजना ल्याएको छ ।
“कुमारी महाबचत योजना” मार्फत कुमारी बैंकको मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुले अनलाइन सामान खरीद गर्दा १० प्रतिशतसम्म क्यास ब्याक पाउने छन् । काठमाडौं उपत्यका भित्र लागु हुने यो योजनामा  किरानाले काठमाडौंको चक्रपथ भित्रको क्षेत्रमा फ्री होम डेलिभरी  को व्यवस्था पनि मिलाएको छ । merokirana.com मा ग्राहकहरुले खाद्यान्य लगायतका घरायसी सामानहरु सुपथ मूल्यमा खरीद गरि निःशुल्क डेलिभरीको सुबिधा पाउने छन्  ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले हालसम्म  ८५ वटा शाखाहरु, ६१ वटा एटिएम्हरु तथा २ वटा एक्सटेन्सन काउण्टरहरुद्घारा सेवा दिइरहेको छ । त्यस्तै बैंकले अत्याधुिनक प्रविधियुुक्त इन्टरनेट बैंकिंङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा तथा भाईबर बैंकिंङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK