×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकको लेकसाइड शाखा हल्लनचोकमा सर्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

माछापुच्छ्रे बैंकको लेकसाइड शाखा हल्लनचोकमा सर्यो

Artha Sarokar

१३ असार २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

माछापुच्छ्रे बैंक लिमिटेडको वाराहीचोक स्थित लेकसाइड शाखा हल्लनचोकमा सरेको छ । बैंकले मंगलबार (असार १२ गते)देखि संचालनमा आउने गरी शाखा स्थानान्तरण गरेको हो । उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष रोशन के. सी. ले गरे । 
उद्घाटन कार्यक्रममा बैंकका पूूर्व अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद माननीय सूूर्य बहादुुर के. सी. र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले शाखाको सफलताको लागि शुुभकामना व्यक्त गरे ।
नयाँ सुविधा सम्पन्न भवनबाट बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैंकिङ सुबिधा उपलब्ध गराएको छ । यसका साथै २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत हल्लनचोकमा स्थानान्तरण गरेको बताएको छ । 
उक्त शाखाहरु समेत बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा १०६ स्थानबाट सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९० वटा एटीएमहरु संचालनमा रहेको छ ।
यस बैंकले दैनिक बैंकिङ कारोबार संचालन गर्न प्रयोग गरेको बैंकिङ सफ्टवेयर ग्लोबस बिश्वमा नै उत्कृष्ट मानिन्छ र यसको माध्यमबाट ग्राहकहरुले अत्याधुनिक सेवा प्राप्त गर्दै आएका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी