×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मञ्जुश्रीमा ‘मनपरी’- ७ : घोटाला गर्न नदिने ‘राम्रा’ कर्मचारीलाई बिदाइ, बदमासी गर्ने ‘हाम्रा’ कर्मचारीलाई प्रमोसन !

PRIME CA

मञ्जुश्रीमा ‘मनपरी’- ७ : घोटाला गर्न नदिने ‘राम्रा’ कर्मचारीलाई बिदाइ, बदमासी गर्ने ‘हाम्रा’ कर्मचारीलाई प्रमोसन !

अर्थ सरोकार

प्रकाशित मिति : १० असार २०७५, आईतवार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- ‘प्रमोसन’को सामान्य सिद्धान्त हो, ‘राम्रो काम गर्नेलाई बढुवा गर्ने’ । तर बदनियत छ भने जहाँ पनि यसको उल्टो हुन्छ । त्यस्तै भएको छ, पछिल्लो समय सबैभन्दा विवादमा आएको फाइनान्स कमपनी मञ्जुश्री फाइनान्स कम्पनीमा । भ्यालुएसनमै घोटाला, ऋण नै नतिरी धीतो-बन्धक फुकुवा, अन्यखाले घोटाला त कम्पनीमा छँदैछ, फाइनान्समा राम्रा काम गर्ने कर्मचारीहरुलाई जवर्जस्ती कम्पनीबाट निकाल्ने र आफु अनुकुल र आफुले जसो भने त्यसै काम गर्ने कर्मचारीलाई कम्पनीमा राख्ने काम उक्त फाइनान्समा भएको पत्ता लागेको छ । यता अर्थ सरोकार डटकमले एक एक गरी मञ्जुश्री फाइनान्सका कर्तुतहरु सार्वजनिक गर्न थालेपछि फाइनान्सबाट पैसा निकाल्नेहरु बढेका छन् । फाइनान्समा रहेका अन्य राम्रा कर्मचारीहरु पनि संस्था छोड्ने मुड बनाइरहेकोसमेत चर्चा कम्पनीभित्रै हुन थालेको छ । 
न्यूरोड ब्रान्चका मेनेजरलाई जवर्जस्ती निकाल्ने प्रपन्च !
मनोज कुमार जोशी न्यूरोडको ब्रान्च मेनेजर भएर गएपछि मञ्जुश्री फाइनान्सको न्यूरोड ब्रान्चले निकै प्रगति गरेको थियो । तर यसअघि कर्जा नै नतिरी धितो बन्धक फुकुवा प्रकरणमा समेत मुछिएको उक्त ब्रान्चमा तत्कालीन रिलेसनशिप मेनेजर मनोज गौतमले जसरी आफु अनुकुल काम नगरेपछि सीइओ सन्तोष निरौलाको ठाडो आदेशमा जोशीलाई जवरजस्त विदामा पठाइएको छ भने अर्कै कर्मचारीलाई ‘डेपुटेसन’मा पठाइएको छ । उनलाई जवरजस्त राजीनामा दिन लगाउन लागिएको कर्मचारीहरुको भनाइ छ । मञ्जुश्री फाइनान्सले आफु राम्रो काम गर्दा गर्दै पनि निकाल्न खोजेपछि अहिले उनी सिद्धार्थ बैंकमा जान लागेको बुझिएको छ । यस अघि कम्पनीका डेपुटी सीइओ नारायण सुवेदीले मरिहत्ते गरेपछि उनी मञ्जुश्रीमा आएका थिए । उनी लामो समय जनता बैंकमा काम गरेका बैंकर हुन् । तर उनले सीइओले भने अनुसार बिग्रिने कन्फर्म भएका फाइल अगाडी नबढाएको भन्दै उनलाई जवरजस्त फाइनान्सबाट निकाल्ने गरी बिदामा पठाइएको हो ।
बदमासी गर्नेलाई प्रमोसन !
अझ अचम्मको कुरा त के छ भने फाइनान्स कम्पनीले पीआर कन्स्ट्रक्सन प्रकरणमा कर्जा नै नतिरी धितो-बन्धक फुकुवा गर्ने निर्देशन दिएका अभय मुढभरीलाई प्रमोसन गरेको छ । उनको कर्पोरेट पोजिसन डेपुटी मेनेजर थियो । अहिले उनलाई मेनेजरमा प्रमोसन गरिएको छ । अहिले उक्त प्रकरण मुद्धा मामिलामा छ । तर गलत नै भए पनि वा बदमासी नै भएपनि सीइओले भनेको मान्ने भएकाले उनलाई प्रमोसन दिइएको फाइनान्सका कर्मचारीहरुको भनाइ छ । यसरी आफु अनुकुल नहुनेलाई जवरजस्त विदामा बस्न लगाउने अनि आफु अनुकुल हुनेले जस्तोसुकै बदमासी गरेपनि प्रमोसन दिने चलन मञ्जुश्री फाइनान्समा आएपछि जनताको डिपोजिट त रिस्कमा छ नै, अव मञ्जुश्री फाइनान्स कता जाने हो भन्ने पनि ठुलो प्रश्नचिन्ह उठेको छ ।
हामीले यस प्रकरणका बारे बुझ्न पनि १५औ पटक सन्तोष निरौलालाई सम्पर्क गर्ने प्रयास गरेका थियौं । तर उनले कम्पनीका एक एक घोटाला प्रमाणसहित नै अर्थ सरोकार डटकममा आउन थालेपछि हाम्रो फोन नै उठाएका छैनन् । सीइओ निरौला सम्पर्कमा आउन नखोज्नुले पनि उनी कतिसम्म पानीमाथि छन् भन्ने कुरालाई प्रमाणित गरिदिएको छ ।   
यो पनि पढ्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: