Skip to content
LAXMI SUNRISE BANK

एडभान्सड अटोमोबाइल्सबाट रेनल्टको सवारी किन्दा मुक्तिनाथ विकास बैंकले लगानी गर्ने

अर्थ सरोकार

मुक्तिनाथ विकास बैंक लिमिटेडले रेनल्ट कम्पनीको सवारी साधनको अधिकृत विक्रेता विशाल ग्रुपअन्तर्गतको थापाथली काठमाडौं स्थित एडभान्सड अटोमोबाइल्स प्रा.लि. सँग रेनल्ट ब्राण्डका विभिन्न मोडेलका सवारी साधनमा लगानी गर्ने सम्बन्धी सम्झौता गरेको छ । सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र एडभान्स अटोमोबाइल्सको तर्फबाट प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले हस्ताक्षर गरे ।
सम्झौता बमोजिम एडभान्सड अटोमोबाइल्स प्रा.लि.ले आयात गरी विक्री वितरण गर्ने रेनल्ट कम्पनीका सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई मुक्तिनाथ विकास बैंक लि.ले खरिद मूल्यको ६५ प्रतिशत सम्म लगानी गर्नेछ । यस्तो कर्जा आकर्षक व्याजदरमा प्रवाह गरिने बैंकले जनाएको छ । 
यस सम्झौताबमोजिम कर्जा लिने ग्राहकहरुले अग्रिम रुपमा कर्जा भुक्तानी गर्नुपर्र्दा बैंकबाट लिइने कर्जा भुक्तानी शुल्क नलिने व्यवस्था गरिएको छ । यो सेवा मुक्तिनाथ विकास बैक लि.का देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK