Skip to content
LAXMI SUNRISE BANK

नेपाल बैंक र सुदुर पश्चिमाञ्चल विश्वविद्यालयबीच बैंकिङ कारोवारसम्वन्धी सम्झौता सम्पन्न

अर्थ सरोकार

नेपाल बैक लिमिटेड र सुदुर पश्चिमाञ्चल विश्वविद्यालय बीच बैंकिङ कारोवारसम्वन्धी सम्झौता सम्पन्न भएको छ । दुवै संस्थाका उच्च अधिकारीहरुद्वारा हस्ताक्षर गरिएको सम्झौतापत्र नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाह र सुदुर पश्चिमान्चल विश्वविद्यालयका उपकुलपति प्रा. भुषण श्रेष्ठले बैंकको प्रधान कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच हस्तान्तरण गरे ।
यस अवसरमा दुवै संस्थाका प्रमुखहरुद्वारा नेपालको अगुवा बैंक नेपाल बैंक लिमिटेड र १५ वटा आंगिक क्याम्पस आवद्ध रही ठूलो संंख्यामा कर्मचारी विद्यार्थी संलग्न रहेको नेपालको दोश्रो ठूलो विश्वविद्यालय सु.प. विश्वविद्यालयबीच सम्पन्न यस सम्झौताबाट दुवै पक्षको हित सम्वद्र्धन हुने विश्वास प्रकट गरियो । 
यस अवसरमा नेपाल बैक लिमिटेडका नायव कार्यकारी अधिकृत दुर्गाराज रेग्मी, सहायक कार्यकारी अधिकृत राजुनाथ खनाल, का.मु.मुख्य प्रवन्धक लेखनाथ भुसाल सुदुर पश्चिमान्चल विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.द्वीजराज भट्ट एवं प्रमुख लेखा अधिकृत अशोक सिंह भण्डारीको उपस्थिति रहेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK