Skip to content
LAXMI SUNRISE BANK

नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शाखा सल्यानको छत्रेश्वरीमा, हालसम्म देशभर ७२ शाखा सञ्चालन

अर्थ सरोकार

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले सल्यानको छत्रेश्वरी गाउपालिकास्थित लान्तीमा आफ्नो ७२औँ शाखा विस्तार गरेको छ । १२ हजार बढी जनसंख्या रहेको प्रदेश नम्बर ६ स्थित लान्तीका स्थानीयलाई यो शाखाले वित्तीय कारोबारमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । 
बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको हो ।
ग्रामीण क्षेत्रका जनतालाई सुविधा दिने उद्देश्यले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार सात सय व्यक्तिलाई रु.३ अर्ब ७६ करोड लगानी गर्ने नेपाल इन्भेष्टमेण्ट बैंक एक मात्र निजी क्षेत्रको बैंक रहेको छ । 
आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको १०० वटा एटिएम पुगेको छ भने ६ वटा एक्स्टेन्सन काउन्टर रहेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको ५७ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK