Skip to content
LAXMI SUNRISE BANK

प्रान पोट्याटो क्र्याकरको विक्री वितरणमा आपूर्ति विभागको रोक, नक्कली एनएस प्रयोगपछि उद्योगमा शिलबन्दी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- बंगलादेशका कतिपय ठाउँमा ब्याण्ड गरिएका अखाद्य केमिकल प्रयोग भएका जुस बेच्ने प्रान कम्पनीले उत्पादन गरेको प्रान पोट्याटो क्र्याकरमा नक्कली नेपाली गुणस्तर चिन्ह(एनएस) प्रयोग भएको फेला परेको छ । लास नकुहाउन प्रयोग हुने केमिकल फर्मालिन हालिएको प्राणघातक जुस खुलेआम विक्री गर्दै आएको प्रान कम्पनीले नक्कली गुणस्तर चिन्ह प्रयोग गरेको पाइएपछि उक्त उद्योगमा शिलबन्दीसमेत गरिएको छ । यसअघि अघिल्लो सरकार भएका बेला मोटो रकम राजनीतिक पावर सेन्टरमा बुझाएर नेपालमा व्यापार गरिरहेको भन्ने आरोप लागेको कम्पनीले नक्कली गुणस्तरचिन्ह प्रयोग गरी अखाद्य वस्तु बिक्री गरिरहेको भन्ने उजुरीपछि उद्योगमा अनुगमन गरिएको थियो । 
बंगलादेशका अधिकांस स्थानमा प्रतिबन्धित फर्मालिन हालिएको झोललाई नेपालमा लिच्ची जुस भनेर बेचीरहेको प्रान समूहले ओडीएटी फुड एण्ड वेभरेज प्रालि नामक कम्पनीबाट यस्ता अखाद्य बस्तुहरु विगतदेखि नै उत्पादन गर्दै आएको छ । विशेषगरी बच्चाको ज्यानका लागि निकै खतरा हुने जुस बेचेर सोझा नेपालीहरुको ज्यानमाथि खेलबाड गर्दै आएको यो कम्पनीले केहि उत्पादनहरु नेपालमै प्रोडक्सन गर्ने गरेको छ भने फर्मालिन हालिएका बंगलादेशका अधिकांस ठाउँमा प्रतिबन्धित फर्मालिन हालिएको झोल नेपालमा ल्याएर बेच्ने गरेको छ ।
आपूर्ति विभागले मूलपानीस्थित उद्योगमा बुधबार शिलबन्दी गरेको हो । प्रान कम्पनीले उत्पादन गरेका अधिकांस उत्पादनहरु खाना लायक नभएको, अखाद्य बस्तुको मिसावट गरिएको, कतिपय पटक त सिंगानका पाप्राहरुपनि क्र्याकरमा भेटिएको भन्दै विभागमा पटक पटक गुनासो आएको थियो । सोहि गुनासोका आधारमा गरिएको अनुगमनमा भेटिएको १३१ कार्टुन प्रान पोट्याटो क्र्याकरमा शिलबन्दी गर्नुका साथै सम्पूर्ण व्यवसायीलाई उक्त प्रान पोट्याटो क्र्याकर बिक्री नगर्न समेत विभागले निर्देशन दिएको छ ।
यस अघि अर्थ सरोकार डटकमले प्रानले बेचीरहेको लिच्ची जुसमा लास नकुहाउन प्रयोग हुने केमिकल प्रयोग गरेको खबर ब्रेक गरेको थियो । यस अघि अर्थ सरोकार डटकममा फोन गर्दै पेप्सीकोला घर भएको बताउने एक ग्राहकले प्रानको पोट्याटो क्र्याकरमा सिंगानका पाप्रा भेटिएको बताएका थिए । 

यो पनि पढ्नुहोस् :






Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK