×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्याङ्जाको अर्जुनचौपारीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना

PRIME CA

स्याङ्जाको अर्जुनचौपारीमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना

अर्थ सरोकार

२२ जेष्ठ २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

स्याङ्गजा जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नः १ स्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले १९० औं शाखा कार्यालय अर्जुनचौपारी स्थापना गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले एक समारोहका बीच उक्त शाखाको उद्घाटन गरे । 
सो समारोहमा प्रमुख अतिथि महेन्द्रमान गुरुङ्गले सरकारको नीति अन्तर्गत सबै स्थानीय निकायमा बैंकको शाखा पुर्याउने उद्धेश्यअनुरुप ग्रामिण र दुर्गम सवै स्थानमा बैंकको सक्षम उपस्थितीले देशैभरि वित्तीय समावेशीताको माध्यमबाट वित्तीय पहुँच पुर्याउन सघाउ पुग्ने बताए । उनले यस क्षेत्रमा १२८ वटा ल्याण्डलाइन टेलिफोन सेवा वितरण गर्ने र मोवाइल सेवालाई थप भरपर्दो बनाउने विचार व्यक्त गरे ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैंकले नयाँ सम्भाव्य क्षेत्रहरुमा शाखा स्थापना गरि दिगो आर्थिक बिकासको लागि वित्तीय पहुँच विस्तार गरिने बताए । 
सो समारोहमा नायब महाप्रवन्धक उद्धबप्रसाद खनालले स्वागत मन्तब्य व्यक्त गरेका थिए । बैंकको पोखरा क्षेत्रीय कार्यालयका उपप्रमुख जग जीवनराम श्रेष्ठको सभापतित्वमा सम्पन्न समारोहमा अर्जुनचौपारी गाउँपालिका अध्यक्ष दीर्घनारायण अर्याल, स्थानीय उद्यमी व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: