×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रौतहट पुग्यो सन्राइज बैंक, ग्राहकको सुविधालाई मध्यनजर गर्दै “स्वास्थ्य बीमा सुविधा” प्रारम्भ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रौतहट पुग्यो सन्राइज बैंक, ग्राहकको सुविधालाई मध्यनजर गर्दै “स्वास्थ्य बीमा सुविधा” प्रारम्भ

Artha Sarokar

२९ जेष्ठ २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – शाखा विस्तारलाई अगाडी बढाउदै गर्दा  सन्राइज बैंक लिमिटेडले रौतहटको चन्द्र निगाहपुरमा आफ्नो ८५ औं शाखा स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन  नेपाल राष्ट्र बैंक विरगंजका निर्देशक रबिन्द्र  महर्जन, बैंकका संचालकद्धय ई.बच्छराज तातेड र ज्योति कुमार बेगानीले संयुक्त रुपमा गरेका छन्  । 
बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा हालै बचतखाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रारम्भ गरेको छ । उक्त बीमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा रु. १ लाख सम्मको खर्च सोधभर्ना प्रदान गर्ने तथा बैंकले देशभरका ७० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउंदा ५ देखि २० प्रतिशतसम्म छुट उपलब्ध हुने व्यबस्था मिलाइएको छ भने, बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा रु. ५ लाख सम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी