
सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले रुपन्देहीस्थित बुटवल शाखाको विधिवत् उद्घाटन गरेको छ । कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाईलगायत स्थानीयहरु समेतको समुपस्थितिमा आइतबार उक्त शाखाको उद्घाटन गरिएको हो ।
प्रचार प्रसारको माध्यमबाट सर्वसाधारणमा वीमा चेतना जगाई नेपालीहरुलाई जीवन वीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तारलाई प्राथमिकतामा राख्दै आएको छ । यसै क्रममा कम्पनीले बाँकेस्थित नेपालगञ्ज शाखाको शुक्रबार र दाङस्थित तुलसीपूर शाखाको शनिवार उद्घाटन गरेको थियो ।
कम्पनी ऐन २०६३ तथा बीमा ऐन २०४९ अन्तर्गत स्थापना भएको सानिमा लाइफ इन्स्योरेन्समा सानिमा बैङ्क तथा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरमा व्यवसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैरआवासीय नेपालीहरुले प्रवद्र्धन गरेका छन् । चुक्तापुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको अधिकृत पुँजी तीन अर्ब र जारी पुँजी दुई अर्ब रुपैयाँ रहेको छ । छिटै नै कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको सेयर जारी गरेर दुई अर्ब चुक्तापुँजी पुर्याउने योजना बनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्