
काठमाडौं – सन्राइज बैंक लिमिटेडले स्थानीय स्तरमा शाखा विस्तार गर्ने क्रममा दार्चुलाकोे मार्मा गाउँपालिकामा आफ्नो ८२औं शाखा स्थापना गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच उक्त शाखाको शुक्रबार संयुक्त रुपमा उद्घाटन भएको छ । दार्चुला जिल्लाका समन्वय समितिका सदस्य पार्वती सिंह र बैंकका कर्पोरेट बैकिङ विभाग प्रमुख हरिप्रसाद आचार्यले शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ।
बैंकले हालै बचत खाताका ग्राहकको लागि ‘स्वास्थ्य बिमा सुविधा’ सुरु गरेको छ । उक्त बिमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा एक लाख रुपैयाँसम्मको खर्च सोधभर्ना प्रदान गर्ने बैंकले जनाएको छ । साथै, मुलुकभरका ७० भन्दा बढी अस्पतालमा स्वास्थ परिक्षण गराउँदा पाँचदेखि २० प्रतिशतसम्म छुट उपलब्ध हुने बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्