
काठमाडौं – सनराइज बैंक लिमिटेडले आफ्ना सेवा बिस्तार गर्ने क्रममा पशुपति क्षेत्र विकास कोष पर्यटक प्रवेश काउण्टर संचालन सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतामा सन्राइज बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पशुपति क्षेत्र विकास कोषका तर्फबाट सदस्य सचिव डा. प्रदीप ढकालले हस्ताक्षर गरे।
सम्झौता संगैै विभिन्न मुलुकहरुबाट पशुपति क्षेत्रमा भ्रमणका लागि आउने पर्यटकहरुलाई क्रमशः तिलगंगा पर्यटक काउण्टर, वत्सलेश्वरी पर्यटक काउण्टर, महास्नान घर अगाडी रहेको पर्यटक काउण्टर र गुहेश्वरीमा अवस्थित पर्यटक काउण्टर समेत गरी ४ स्थानका पर्यटक प्रवेशद्वारमा पर्यटक प्रवेश काउण्टर राखी टिकट बिक्री गर्नका लागि स्थानहरु उपलब्ध गराईने छ । कार्यक्रममा बैंक संचालक समितिका संचालकहरु ई.बच्छराज तातेड, ज्योति कुमार बेगानी, ओम कृष्ण जोशी तथा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष, परिषद सदस्यहरु, कार्यकारी निर्देशक, बरिष्ठ निर्देशक लगाएत उच्च पदाधिकारीहरुको उपस्थिति थियो ।
सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ८८ वटा शाखा, २२ वटा शाखा रहित बैंकिङ्ग सेवा, ३ वटा एक्सटेन्सन काउण्टर, ९९ वटा ए.टि.एम मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्