Skip to content
LAXMI SUNRISE BANK

माछापुच्छ्रे बैंक र क्यान्सर काउन्सिल नेपालसँगको सहकार्यमा सामाजिक जनचेतनामुुलक कार्यक्रम सम्पन्न

अर्थ सरोकार

माछापुच्छ्रे बैंक लिमिटेडले  क्यान्सर काउन्सिल नेपालसँगको सहकार्यमा जेठ १६ गते बुधबार सामाजिक उत्तरदायित्व अन्तर्गत  भि.एस. निकेतनमा एक कार्यक्रम गरेको छ को छ । 
बैंकले काठमाडौंको शान्तिनगरस्थित भि.एस. निकेतनमा अध्यनरत करिव ३५० भन्दा बढी विधार्थीहरुको उपस्थितिमा वातावरणीय प्रभाव, सूूर्तीजन्य पदार्थको नकारात्मक प्रभाव, क्यान्सर रोग तथा मुुटुु रोगको प्रभाव सम्बन्धि साक्षरता कार्यक्रमको आयोजना गरेको हो  । उक्त कार्यक्रममा हास्यकलाकार मनोज गजुुरेलको समेत उपस्थिति रहेको थियो ।बैंकले वित्तिय साक्षरता कार्यक्रम गर्दै देश विकाशमा बाणिज्य बैंकको भुुमिका तथा यसले प्रदान गर्दै आएको सेवा–सुुविधाको बारेमा विधार्थीहरुलाई जानकारी दिएको हो।  यस्ता जनचेतनामुुलक कार्यक्रमलाई आगामि दिनहरुमा निरन्तरता दिइरहने समेत बैंकले जनाएको छ । 
हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ७७ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैंकिङ सेवा समेत गरी जम्मा १०० स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ सुबिधा  प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८८ वटा एटीएमहरु संचालनमा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK