Skip to content
LAXMI SUNRISE BANK

कृषि विकास बैंक र एफवान सफ्टबीच सम्झौता, अब दुइवटा सिग्नेचर चल्ने खाता चलाउन पाइने

अर्थ सरोकार

काठमाडौं – कृषि विकास बैंक र एफवान सफ्ट इन्टरनेसनलबीच इन्टरनेट बैंकिङ सेवाका लागि सम्झौता भएको छ।
सम्झौंतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौंला र एफवानसफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षरका थिए।
सम्झौता अनुसार बैंकका उपभोक्तालाई इन्टरनेटमार्फत बैंकिङ सुविधा एफवानसफ्टले उपलब्ध गराउनेछ।यो सेवामार्फत खाताका बारेमा पूर्ण जानकारी लिन,रकमट्रान्सफर गर्न,स्टेटमेन्ट हेर्नुका साथै विभिन्न किसिमका बिलहरुको भूक्तानी गर्नसक्ने विज्ञप्तिमा उल्लेख छ।
उपभोक्ताले व्यवसायिक प्रयोजनका लागि इन्टरनेट बैंकिङमार्फत तलब व्यवस्थापन र दुर्इवटा सही चल्ने खाता चलाउनसक्ने बताइएको छ। बैंकका अनुसार इन्टरनेट बैंकिङमार्फत उपभोक्ताले अन्य ४५ वटा बैंकसँग अन्तर बैंकिङ कारोबार गर्न सक्ने र इसेवामार्फत रकम पठाउनसकिनेछ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK