×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी विकास बैंक र ग्राण्डी इन्टरनेशनल हस्पिटल सम्झौता, बैंकका ग्राहकहरुलाई स्वास्थ्य सेवामा छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

गण्डकी विकास बैंक र ग्राण्डी इन्टरनेशनल हस्पिटल सम्झौता, बैंकका ग्राहकहरुलाई स्वास्थ्य सेवामा छुट

Artha Sarokar

३१ असार २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – गण्डकी विकास बैंकका एटिएम होल्डर ग्राहकहरु तथा बैंकका कर्मचारी र तिनीहरुको परिवारको उपचार खर्चमा काठमाडौं सिथ्त ग्राण्डी इन्टरनेशनल हस्पिटलले उपचार खर्चमा छुट दिने भएको छ ।
विहीबार एक कार्यक्रमका बीच गण्डकी विकास बैंकको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र ग्राण्डी विकास बैकको तर्फबाट मार्केटिङ्ग विजनेश डेभलपमेन्ट विभाग प्रमुख प्रतिक तिवारीले सो सम्बन्धी सम्झोता पत्रमा हस्ताक्षर गरे ।
बैंकका एटिएम होल्डर ग्राहकहरुले भ्यालिड एटिएम कार्ड लिई गएमा निज र निजको परिवारको उपचार खर्चमा तोकिए बमोजिमको छुट प्राप्त गर्न सक्नेछन् ।
बदलिँदो परिस्थिति अनुसार ग्राहकहरुको चाहना बमोजिम बैंकका सेवालाई सर्वसुलभ र सहज रुपमा प्रदान गर्न आगामी दिनहरुमा बैकिङ्ग सेवालाई विविधिकरण र विशिष्टिकरण गर्दै लैजाने बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी