Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आईएमई र नेशनल लाइफ इन्सुरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट इन्सुरेन्स कम्पनीको सबै सेवा लिन पाइने

अर्थ सरोकार

ग्लोबल आईएमई बैंक लि. र नेशनल लाइफ इन्सुरेन्स कम्पनी लि. बीच मंगलबार (श्रावन १ गते) ब्यान्कासोरेन्स  सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि. का १३१ वटै शाखाहरु मार्फत नेशनल लाइफ इन्सुरेन्स कम्पनी लि.को जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ । 
उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्याल र नेशनल लाइफ इन्सुरेन्स कम्पनी लि.का प्रमुख कार्यकारी अधिकृत श्री भरत बस्नेतले हस्ताक्षर गर्नुभएको हो ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १३१ वटा शाखा, १४ वटा राजश्व संकलन काउण्टर, १३२ एटिएम, ५ वटा एक्सटेन्सन काउण्टर तथा १०० शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत आफ्ना ९ लाख भन्दा बढि आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 
 त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु मझ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK