×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हिमालयन इन्जिनियरिङ एक्स्पो २०१८ सम्पन्न, ४९ फोटोमा हेर्नुहोस् कार्यक्रममा मुख्य झलकहरु… (फोटोकथा)

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ- जनहित र राष्ट्रहितका लागि कुनै पनि समस्याको समाधान ईन्जिनियरिङ्ग ढङ्गले गर्ने उदेश्यका साथ आयोजना भएको शुक्रबारबाट ‘हिमालय इन्जिनियरिङ्ग प्रदर्शनी २०७५’ सम्पन्न भएको छ । सिभील विधाका तर्फबाट ‘सिभिल क्लब’, आर्किटेक्चर, इलोक्ट्रोनिक्स एण्ड कम्युनिकेसन विधाका तर्फबाट ‘रोबोर्टिक्स क्लब को संयुक्त सहयोग र योगदानसहितको उक्त कार्यक्रम असार १५, १६ र १७ गते आयोजना भएको थियो ।  हरेक विधाका विधार्थिहरुले आफ्ना पाठ्यक्रम अनि विषयवस्तु सम्बन्धित नेपालका समसामयिक समस्याहरुलाई लिई त्यसका उन्मुलनका उपायलाई नयाँ प्रविधि, नयाँ सोच र रुपका साथ कार्यक्रममा प्रदर्शन गरिएको छ ।
अवलोकनकर्ताहरुको उल्लेखनीय सहभागीताका साथ् सम्पन्न भएको उक्त कार्यक्रमको चौतर्फी प्रशंसा भएको छ भने अवलोकनकर्ताहरुले पनि यसखाले कार्यक्रम आयोजना भइरहनुपर्ने बताएका छन् । २०१७को संस्करणभन्दा अझ परिमार्जित र परिस्कृत देखिएको उक्त कार्यक्रममा प्रविधिका नयाँ प्रयोगसँगै सम्भावित ‘प्रोजेक्ट’हरुको समेत प्रदर्शनी गरिएको थियो । यता प्रदर्शनीका अवलोकनकर्ताहरुले समेत आफुले उक्त प्रदर्शनीबाट धेरै कुरा सिक्ने मौका पाएको बताएका छन् ।
उक्त कार्यक्रममा अर्थ सरोकार डटकम अफिसियल अनलाइन पार्टनरका रुपमा रहेको थियो । 
  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: