×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइक्यानका अध्यक्षले पढ्नै नजानेपछि होटल अन्नपूर्णमा यस्तो ‘रमाइलो’, २१ तस्विरमा हेर्नुहोस् सपथ समारोह (फोटोकथा)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को आठौँ काउन्सिलमा निर्वाचित सदस्यहरुले पद तथा गोपनियताको सपथ खाएका छन् । मंगलबार काठमाडौँस्थित होटल अन्नपूर्णमा भएको एक कार्यक्रमका बीच उनीहरुले सपथ खाएका हुन् । साथै कार्यक्रममा आइक्यानका नवनिर्वाचित अध्यक्ष जगन्नाथ उपाध्याय र उपाध्यक्ष कृष्ण आचार्यले पनि पद तथा गोपनियताको सपथ खाएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा उनीहरुले पद तथा गोपनियताको सपथ खाएका हुन् । 

उपाध्यक्षले पढ्नै नजानेपछी आइक्यानमा यस्तो ‘रमाइलो’
यता आइक्यानका अध्यक्ष जगन्नाथ उपाध्यायले सपथ ग्रहणका क्रममा उपाध्यक्ष भन्नुपर्ने ठाउँमा अध्यक्ष भनेपछि हलभर हाँसो गुन्जीएको थियो । उनले आइक्यानका उपाध्यक्ष कृष्ण आचार्यलाइ सपथ ग्रहण गराउने क्रममा ‘म उपाध्यक्ष’ भन्नुपर्नेमा ‘म अध्यक्ष भनेका थिए । सबैजना हास्न थालेपछि उनले त्यसलाई सच्याएका थिए । तर सपथ ग्रहणमा कुनै शब्द नमिलेमा वा गलत उच्चारण भएमा पूरै सपथको कार्यक्रम दोहोर्याउने चलन छ । यसअघि तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले सपथ लिंदा एउटा शब्द गलत उच्चारण भएको भन्दै पुन: सपथ लिएका थिए । अन्तराष्ट्रिय कानुनमा पनि यसलाई ‘गैरकानुनी’ अभ्यासका रुपमा लिईन्छ ।
हेरौं आइक्यानको समारोहमा भएको सपथ ग्रहण कार्यक्रमका केहि झलकहरु :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: