
नेपाल सरकारको नगदरहितको कारोवार अवधारणालाई मध्यनजर गर्दैै ग्राहकहरुको सुविधाको लागि जनता बैंक नेपाल लिमिटेडले पीओएस सेवा शुरु गरेको छ । भिसा ईन्टरनेशनलसँग आवद्घ भई देशभरी रहेका आफ्ना शाखा सञ्जाल मार्फत विभिन्न व्यापारिक संघ संस्था, अस्पताल आदिबाट पीओएस सेवा संचालन गर्ने क्रममा बैंकले पश्चिम क्षेत्रको व्यापारिक केन्द्र बुटवलबाट यो सेवा सुरु गरेको हो ।
बैंकको नयाँमिल शाखाले त्यहाँस्थित होटल लक्ष्मी रुपन्देही प्रा.लि., डार्क वुड रेष्टुरेन्ट एण्ड लङ्गबार प्रा.लिमा पीओएस मेशिन जडान गरेको शाखा प्रमूख प्रकाश खनालले जानकारी दिए । उनले आगामी दिनमा अन्य ब्यापारिक क्षेत्रहरुमा पनि क्रमशःपि.ओ.एस. सुविधा थप गर्ने बताए ।
पि.ओ.एस. सेवा सञ्चालन पश्चात स्वदेश तथा विदेशका बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले आफ्ना डेविट तथा क्रेडिट कार्ड मार्फत नगदरहित भुक्तानी कारोवार गर्न सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्