
काठमाडौँ – ज्योति विकास बैंक लिमिटेडले मोरङ्कको खोर्सानेमा नयाँ शाखा संचालनमा ल्याएको छ । सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको उक्त शाखा औपचारिक रुपमा प्रमुख अथिति सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव प्रसाद ढकाल तथा बैंकका संचालक छत्रमान श्रेष्ठद्वारा एक कार्यक्रमका बिच आषाढ २५ गतेका दिन संयुक्त रुपमा उद्घाटन गरे ।
सो अवसरमा सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव प्रसाद ढकालले आफ्नो नगरपालिकामा खुलेको यस विकास बैंकले सरल र सुलभ बैकिङ्ग सेवा प्रदान गर्नेमा आफु विश्वस्त रहेको बताउँदै बैंकको प्रगतिको कमना गरे ।
बैंकका संचालक छत्रमान श्रेष्ठले ज्योति विकास बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा खोर्सानेमा शाखा खोलेको भन्दै ज्योति विकास बैंक मार्फत कारोवार गरि सहयोग गर्न अनुरोध गरे ।
हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटिएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्षभित्र बैंकले थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटिएम संचालनमा ल्याउँदैछ ।
हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १७ अर्व ८६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १५ अर्व १५ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्