काठमाडौँ- चार्टड एकाउन्टेन्ट दीपक पाण्डे अध्यक्ष रहेको कम्पनी केसीएल अस्ट्यूट क्यापिटल लिमिटेडले नियामक नेपाल धितोपत्र बोर्डबाट धीतोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)को अनुमतिपत्र पाएको छ । बोर्डले २०७५ साल असार २० गते कम्पनीलाई यस्तो अनुमति दिएको हो ।
हात्तिसार, काठमाडौँमा मुख्य कार्यालय रहेको यस कम्पनीलाई लगानी व्यवस्थापनको इजाजत हुने गरी धीतोपत्र बोर्डले धीतोपत्र व्यवसायीको अनुमति दिएको हो ।
यस कम्पनीका अध्यक्ष रहेका चार्टड एकाउन्टेन्ट दीपक पाण्डे नेपाल चार्टड एकाउन्टेन्ट्स संघका उपाध्यक्षसमेत हुन् ।