
लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा शुक्रबार सिन्धुपाल्चोकको लिसानखुपखर, दार्चुलाको लेकम र सप्तरीको बलान बिहुलमा आफ्ना नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएकोे छ ।
यससँगै लक्ष्मी बैंकको ४५ जिल्लामा ८९ वटा शाखा पुगेको छ । यसबाहेक बैंकले तीन हस्पिटल सेवा काउन्टर, १०४ एटिएम, २५०० भन्दा बढि रेमिट्यान्स, ५१ शाखारहित बैंकिङ्ग र ४०० भन्दा बढि मोबाईल एजेन्टहरुमार्फत सेवा दिइरहेको छ ।
तीन नयाँ शाखाहरुको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ । आगामी दिनमा आफ्नो सेवा अझ सुदृढ र व्यापक बनाउने बैंकको योजना छ ।
आ.व. २०७३÷७४मा रु. ५९.३२ अर्ब निक्षेप र रु. ५२.७३ अरब कर्जा पुर्याएको लक्ष्मी बैंकको वासलातको आकार रु.७०.९० अर्ब रहेको छ । सोहि आ.व.मा बैंकले १०० करोडको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो । बैंकका यसबाहेकका अन्य वित्तीय सूचकहरु नियामक व्यवस्था अनुरुप नै राम्रो अवस्थामा रहनुका साथै भविष्यको लागि उत्साहजनक रुपमा रहेका छन् ।
सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथै व्यक्तिगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तिगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरालाई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ । विशेष गरी साना व्यवसाय कर्जा र व्यवसायिक कृषि क्षेत्रमा बैंकले आफ्नो ध्यान केन्द्रित गरेको छ । जस अनुरुप देशका विभिन्न क्षेत्रका साना तथा लघु उद्यमी तथा कृषकहरुलाई सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै वित्तीय सेवा तथा सल्लाह प्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन तथा वित्तीय व्यवस्थापन कार्यमा ठूलो मद्दत पुर्याएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्