Skip to content
LAXMI SUNRISE BANK

शाखा बिस्तारमा अघि बर्दै लक्ष्मी बैंक, बाराको जितपुरमा ८६औँ शाखा सञ्चालन

अर्थ सरोकार

लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा बाराको जितपुरमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गरिनेछ । साथमा सानातथा लघु व्यवसायीहरु तथा विशेषगरी कृषि व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले लिएको छ । बारा जिल्लामा यो लक्ष्मी बैंकको दोस्रो शाखा हो ।
यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४३ जिल्लामा ८६वटा पुगेको छ । साथमा तीन हस्पिटल सेवा काउन्टर, १०४ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स एजेन्ट तथा ५१ शाखारहित बैंकिङ्ग एजेन्टहरुमर्फत पनि बैंकले सेवा दिँदै आएको छ । 
यी शाखाहरुका साथलक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, बीमा लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा बजारहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।
यस शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्धशहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK