Skip to content
LAXMI SUNRISE BANK

सामाजिक उत्तरदायित्वमा लक्ष्मी बैंक : सोलार जडान र वृक्षारोपण कार्यक्रम सम्पन्न

अर्थ सरोकार

लक्ष्मी बैंक लि. तथा लक्ष्मी बैंक लि. को सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित लक्ष्मी केयर्सको संयुक्त आयोजनामा बाराको महागढीमाई नगरपालिका बरियारपुरमा रहेको विश्वप्रसिद्ध गढीमाई मन्दिरमा सोलार जडान गरेको छ । 
बैंकले २०लाखको लागतमा १४ थान सोलार जडान गरी हस्तनान्तरण गरेको छ । गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले मन्दिर परिसरमा आयोजना गरिएको एक कार्यक्रममा लक्ष्मी बैंकका डायरेक्टर विश्वकर्ण जैनले उक्त सोलार हस्तनान्तरण गरे । महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवले पर्यटकीय स्थलमा लक्ष्मी बैंकले जडान गरेको सोलारलाई नगरपालिकाले सुरक्षा दिने र त्यसको रेखदेख गरी बेलाबेलामा सोलार प्यानलको सरसफाई गराउने बताए ।
त्यस्तै, बैंकले बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह वादेको प्रमुख आतिथ्यतामा बनेपा नगरपालिका क्षेत्रभित्र वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको छ । कार्यक्रममा लक्ष्मी बैंकको तर्फबाट दिपेश अमात्य (हेड – रिटेल फाईनान्सियल सर्भिसेज), राजिव सापकोटा (प्रमुख – ईन्स्टिच्युस्नल बैंकिङ्ग एण्ड बिजिनेश डेभलपमेन्ट), भारती पाण्डे (अध्यक्ष – लक्ष्मी केयर्स), बनेपा शाखाका कर्मचारीहरु; बनेपा वातावरण संरक्षण अभियान समूहका सदस्यहरु लगायत अन्य विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिति थियो । 
वृक्षारोपण कार्यक्रम बनेपा नगरपालिकाको वडा नं. ९ स्थित गणेश स्थानबाट शुरु भई नेपाल खानेपानी संस्थान, बनेपा शाखाको प्राङ्गणमा पुगि सम्पन्न भएको थियो । सो कार्यक्रम अन्तर्गत २०० वटा विभिन्न प्रजातीका विरुवा तथा फलफूलका विरुवाहरु रोपिएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK