
संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ प्रभु बैंकले म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका ७, ताकम र रघुगंगा गाउँपालिका वडा नं. ३, मौवाफाँटमा गरी २ वटा शाखा कार्यालय सञ्चालनमाल्याएको छ । बैंकको धवलागिरी शाखाको उद्घाटन धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले गरे भने रघुगंगा शाखाको उद्घाटन रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले गरे ।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा म्याग्दी जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, भद्रभलाद्मी, व्यापारी, व्यवासायी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी दुवै गाउँपालिकाका अध्यक्षहरुले उद्घाटन मन्तव्य राख्ने क्रममा बैंकले गाउँपालिकामै शाखा कार्यालय सञ्चालनमा ल्याएर बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रशंसा गर्दै अब गाउँपालिकाका हरेक नागरिकले आप्mनो घर दैलोबाट प्रभु बैंकको बैंकिङ्ग सेवा उपभोग गर्न सक्ने वातावरण बनेको बताए ।
विहीबारदेखि सञ्चालनमा आएका बैंकका धवलागिरी शाखा कार्यालय र रघुगंगा शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र दुवै गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्